प्रतिनिधिसभामा आज दुईवटा बैठक, पहिलोमा उपसभामुख बोल्ने, दोस्रोमा राजीनामा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिनिधिसभामा आज दुईवटा बैठक, पहिलोमा उपसभामुख बोल्ने, दोस्रोमा राजीनामा

जयसिंह महरा

काठमाडौँ — संघीय संसद प्रतिनिधिसभाका सोमबार दुईवटा बैठक बस्ने भएको छ । संसद सचिवालय स्रोतका अनुसार दिउँसो १ बजेका लागि आव्हान गरिएको बैठकमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफ्ना धारणा राख्ने तयारी भइरहेको छ ।

'पहिलो बैठकमाउपसभामुखले अध्यक्षता गरेर आफ्ना धारणा राख्ने तयारी भइरहेको छ,' नाम उल्लेख नगर्न आग्रह गर्दै सचिवालय स्रोतले भन्यो, 'दोस्रो बैठकमा उहाँले राजीनामा दिनुहुन्छ ।'

दोस्रो बैठकको अध्यक्षता ज्येष्ठ सांसद महन्थठाकुरले गर्नेछन् । दोस्रो बैठक ४ बजे बोलाउने तयारी भएको छ । दोस्रो बैठक सुरुहुनु पहिला नै उपसभामुखबाट तुम्बाहाङ्फेले पत्रकार सम्मेलन बोलाएकी छन् ।

पत्रकार सम्मेलनमा सम्भवतः राजीनामाको घोषणागरेर दोस्रो बैठकमा उनको राजीनामा ठाकुरले पढेर सुनाउनेछन् ।

उपसभामुखको कार्यकक्षमा अहिले बैठक बसिरहेको छ। बैठकमा उपसभामुख तुम्बाहाङ्फेका साथै नेकपा संसदीय दलका उपनेता सुवासचन्द्रनेम्वाङ, प्रतिपक्षीकांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण,संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलगायतको सहभागिता रहेको छ ।

प्रकाशित : माघ ६, २०७६ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्

एमसीसी विवादबारे परराष्ट्रमन्त्री ज्ञवालीसँग नेकपाको छलफल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपाको राष्ट्रिय सभा संसदीय दलको बैठकले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा जानकारी लिएको छ । सोमबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा सांसदहरुले एमसीसीका विषयमा देखिएका विवाद सम्बन्धमा मन्त्री ज्ञवालीसँग छलफल गरेका हुन् ।

राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले दलभित्र एमसीसीका विषयमा एउटै मत बनोस् भन्ने उद्देश्यले छलफल गरिएको जानकारी दिए । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘राष्ट्रिय सभाको यो दलको बैठक हो । यसमा हामीले एमसीसीको बारेमा परराष्ट्र मन्त्रीसँग स्पष्ट हुन चाहेका थियौं । हामीले केही जिज्ञासाहरु सोध्यौं र उहाँले त्यसमा पनि स्पष्ट पार्ने काम गर्नुभयो । अब हामी यो विषयमा कम्तिमा पनि हाम्रो दलभित्र एउटै मत बनोस् भन्ने हिसाबले प्रस्तुत भएका छौं ।’


सरकारले गरेको अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहायता सम्बन्धी सम्झौता पछिल्लो समय विवादित बनेको छ । खासगरी अमेरिकाको इन्डोप्यासिफिक रणनीति भित्र एमसीसी रहेको भन्दै नेकपाभित्रै विवाद बढेको छ । पार्टीभित्र एमसीसीका विषयमा बढिरहेको विवाद समाधान गर्न र एमसीसीका विषयमा स्पष्ट हुन भन्दै नेकपाको राष्ट्रिय सभा संसदिय दलले परराष्ट्रमन्त्री ज्ञवालीसँग छलफल गरेको हो ।

प्रकाशित : माघ ६, २०७६ १२:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×