३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

उपसभामुख तुम्बाहाङ्फेले संसद बैठक अघि राजीनामा गर्ने, सभामुख निर्वाचनको प्रकृया आजै सुरु हुने

जयसिंह महरा

काठमाडौँ — संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिने तयारी गरेकी छन् । संसद सुरु हुनु केही अगाडि मात्रै राजीनामा दिने तयारीमा उनी रहेकी छन् ।

उपसभामुख तुम्बाहाङ्फेले संसद बैठक अघि राजीनामा गर्ने, सभामुख निर्वाचनको प्रकृया आजै सुरु हुने

उनले राजीनामा सभामुखलाई सम्बोधन गरेर ज्येष्ठ सदस्यलाई हस्तान्तरण गर्ने छिन् । संसद नियमावली अनुसार जेष्ठ सदस्यले राजीनामापत्र सदनमा वाचन गरेपछि स्वत: स्वीकृत भएको मानिन्छ ।

ज्येष्ठ सदस्यले सदनमा वाचन गरेपछि राजीनामापत्र संसद सचिवालयलाई बुझाइने छ ।


सोमबार १ बजेका लागि बोलाइएको संसद बैठकको अध्यक्षता ज्येष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन् ।

संसद सचिवालयले प्रतिनिधिसभाको सभामुख चयन गर्न बुधबार सभामुखको निर्वाचन गर्ने तयारी गरेको जनाएको छ । संसदको कार्यव्यवस्था परामर्श समितिले यही बुधबार सभामुख निर्वाचन गर्ने प्रस्ताव गरेको हो ।

बुधबार नभए शुक्रबार सभामुख निर्वाचन गर्ने तयारीका बारेमा सचिवालयमा छलफल भइरहेको छ ।


प्रकाशित : माघ ६, २०७६ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?