कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

रोल्पामा जीप दुर्घटना, एकको ज्यान गयो

काशीराम डाँगी

रोल्पा — दाङदेखि रोल्पा आउँदै गरेको जीप दुर्घटना हुँदा एक यात्रुको ज्यान गएको छ । आइतबार तुलसीपुरदेखि माडीको घोर्नेटी आउँदै गरेको मे १ ज १९१५ नम्बरको जीप त्रिवेणी गाउँपालिका–४ हृवापखोलामा दुर्घटनाग्रस्त भएको थियो । 

प्रहरीका अनुसार दिउँसो साढे १ बजे चिप्लो बाटोमा जीप पल्टिएको थियो । जीपमा झुण्डिएर यात्रा गरिरहेका माडी गाउँपालिका–१ तुसारपानीका ३७ वर्षका मनसुर वलीको ज्यान गएको प्रहरीले बताएको छ ।


रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङका अनुसार जीपमा सवार १५ जनामध्ये २ जना घाइते भएका छन् । अन्य यात्रुहरु सकुसल छन् ।


स्थानीयले क्षमता भन्दा बढी सामान र यात्रु राखिएकाले ह्वापखोला घुम्तीमा जीप पल्टेको बताएका छन् । घटनास्थल पुगेका एक कर्मचारीका अनुसार जीपमा ठूलो मात्रामा सामान र १५/१६ जना यात्रु राखिएकाले दुर्घटना भएको हो ।

उनका अनुसार उक्त जीपको क्षमता ५/७ जना यात्रु बोक्न सक्ने हो । घर्तीगाउँको बल्ले, तुसारपानी, पात्ले र ओत निबासी यात्रुहरु उक्त जीपमा सवार थिए ।


प्रहरीले जीप चालक माडी–१ का हरि वलीलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित : माघ ५, २०७६ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?