कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गायिका आस्था राउतविरुद्ध पक्राउ पुर्जी

मातृका दाहाल

काठमाडौँ — काठमाडौं जिल्ला प्रशासन कार्यालयले गायिका आस्था राउतविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यका अनुसार मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १ सय १८ अनुसार अभद्र व्यवहार कसूरमा राउतविरुद्ध आइतबार पक्राउ पुर्जी जारी भएको हो ।

गायिका आस्था राउतविरुद्ध पक्राउ पुर्जी

उनीविरुद्ध आरोप पुष्टि भए प्रमुख जिल्ला अधिकारीले १ वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछन् ।


महानगरीय प्रहरी परिसरका अधिकारी राउतविरुद्धको पक्राउ पुर्जीको निवेदनसहित आइतबार दिउँसो २ बजे बबरमहलस्थित प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष पुगेका थिए ।


यो पनि


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापा जाने क्रममा राउतले बिहीबार प्रहरी जवान रमिता श्रेष्ठमाथि अभद्र व्यवहार गरेको उजुरी परेको थियो । राउत अहिले सिक्मिममा रहेको बुझिएको छ ।



प्रकाशित : माघ ५, २०७६ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?