कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

लेखा अधिकृतसहित तीन जना विरुद्ध मुद्दा

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुसेवा विभाग ललितपुरका लेखा अधिकृत रमेश कार्कीसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ ।

लेखा अधिकृतसहित तीन जना विरुद्ध मुद्दा

मुद्दा दायर गरिएकामा कार्कीका अतिरिक्त रूपन्देही जिल्ला अदालतका नायब सुब्बा बुद्धिप्रकाश न्यौपाने र लेखापाल विनोद शर्मा छन् ।

पशुसेवा विभागका लेखा अधिकृत कार्कीले कार्यालयको सूचना विज्ञापन पत्रिकामा प्रकाशित गरेपश्चात् सेवाग्राहीलाई बिल रकम भुक्तानी गर्ने क्रममा ८ हजार ५ सय रुपैयाँ घूस लिएको अनुसन्धानबाट पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

रूपन्देही जिल्ला अदालतका नायब सुब्बा न्यौपाने र लेखापाल शर्माले मुद्दाको धरौटी रकम फिर्ता दिने क्रममा सेवाग्राहीसँग घूस लिएको पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले उल्लेख गरेको छ । मुद्दा दायर गरिएसँगै उनीहरू तीनै जना सेवाबाट निलम्बित भएका छन् ।

प्रकाशित : माघ ४, २०७६ २१:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?