कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालका हिमाल सुरक्षित र सफा छन् भन्ने सन्देश विश्वभर दिनुपर्छ : मन्त्री भट्टराई 

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालका हिमालहरु सुरक्षित र सफा छन् भन्ने सन्देश विश्वभर दिनुपर्ने बताएका छन् ।

नेपालका हिमाल सुरक्षित र सफा छन् भन्ने सन्देश विश्वभर दिनुपर्छ : मन्त्री भट्टराई 

कञ्चनजंघा हिमाल सरसफाई अभियान सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले बाहिर जतिसुकै नकारात्मक कुराहरु आएपनि नेपालका हिमाल सुरक्षित रहेको बताए । नेपाली हिमाल सफा छन् भन्ने सन्देश विश्वभरी फैलाएर पर्यटन आवागमन बढाउनेतर्फ सबैको ध्यान जानुपर्ने उनको भनाई छ । ‘भ्रमण वर्षलाई ख्याल गर्दै हिमालहरु सुरक्षित छन् हिमालहरु सफा छन् भन्ने सन्देश विश्वमा दिनका लागि २०२० मा हिमाल आरोहणको अभियानलाई अगाडी बढाउनुपर्छ’, मन्त्री भट्टराईले भने ।


नेपालको आर्थिक विकास र पर्यटनका लागि हिमालहरु महत्वपूर्ण सम्पत्ति भएको समेत मन्त्री भट्टराईले बताए । हाल ४५, ४६ करोड राजस्व संकलन हिमालबाट भएपनि यो अत्यन्तै न्यून भएको र बढी राजस्व उठाउनेतर्फ ध्यान दिनुपर्ने उनले बताए ।


हिमालसाग जोडिएका स्थानीय सरकार र प्रदेश सरकारहरुलाई समेत अभियानमा सहभागी गराउन सकेमात्रै सबैले अपनत्व ग्रहण गर्न सक्ने उनले बताए ।

प्रकाशित : माघ ४, २०७६ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?