२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

सगरमाथा र माछापुच्छ्रे आधार शिविरबाट २ सय बढीको उद्धार

सुरज कुँवर

काठमाडौँ — सगरमाथा आधार शिविर र माछापुच्छ्रे आधार शिविरबाट २०० भन्दा बढी पर्यटक र गाइडहरुलाई उद्धार गरिएको छ । उनीहरुलाई चार वटा हेलिकप्टर प्रयोग गरेर उद्धार गरिएको हो ।

पर्यटन विभागकी निर्देशक निरा आचार्यले वर्षा र हिमपातमा फसेकाहरुको उद्धार गरिएको बताइन् । हालसम्म अन्नपुर्ण सर्किटको देउराली आसपासमा ४ जना कोरियाली पर्यटक सहित ३ नेपाली सम्पर्क विहीन रहेको आचार्यले जानकारी दिइन् ।

सम्पर्क विहीन रहेका नेपालीहरुमा गाइडद्वय सरोज परियार र छिरिङ भोटे र भरिया मिनबहादुर लामा रहेका छन् । कोरियाली पर्यटकहरुको नाम आइनसकेको आचार्यले बताइन् ।


प्रकाशित : माघ ४, २०७६ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?