२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

शनिबारदेखि मौसममा क्रमिक सुधार

रासस

काठमाडौँ — काठमाडौँमा विगत २४ घण्टा निरन्तर वर्षा भएको छ । बिहीबार साँझदेखि निरन्तर वर्षा आज साँझ थामिएकाे छ । पश्चिम न्यून चापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित देशैभर वर्षा भएको हो । 

शनिबारदेखि मौसममा क्रमिक सुधार

मौसमी प्रणालीले देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लाे विवरणअनुसार आज काठमाडौं मा ४८ मलिमिटिर वर्षा भएको छ ।


मौसमविद् सजिना शाक्यले शुक्रबार रातसम्म पश्चिम न्यून चापीय प्रणाली कमजोर भई शनिबारदेखि मौसममा क्रमिक सुधार आउने बताए । आज वीरेन्द्रनगरमा ६०, धनगढीमा ३८, डडेलधुरामा २२, भैरहवामा ४१, दाङमा २०, पोखरामा २६ र नेपालगञ्जमा १० मलिमिटिर वर्षा भएको महाशखाले जनाएको छ । काठमाडौंको न्यूनतम तापक्रम आठ दशमलव आठ र अधकितम तापक्रम नौ डिग्रि सेल्सयिस रहेको छ ।

प्रकाशित : माघ ३, २०७६ २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?