कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सभामुखमा दाबी छैन : शर्मा

काठमाडौँ — नेकपा स्थायी समिति सदस्य जनार्दन शर्माले सभामुखमा आफ्नो दाबी नभएको बताएका छन् । शुक्रबार साँझ ट्विट गर्दै उनले आफूले सभामुखको उम्मेद्वारको विषय टुंग्याउनको लागि सहजीकरण गरेको तर यो आफ्ना लागि नभएको बताए हुन् । 

सभामुखमा दाबी छैन : शर्मा

'सभामुखको विषयले संसद चल्न नसकी रहेको अवस्थामा छिटो टुंग्याउनक लागि नेताहरुबीचमा सहजीकरणको भूमिकामा लागेको साँचो हो तर म आफैं सभामुख हुनका लागि होइन र दाबी पनि छैन,' उनले लेखेका छन् ।

कृष्णबहादुर महराले राजीनामा दिएपछि रिक्त सभामुख को हुने भन्ने विषयमा नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल आआफ्ना अडानमा रहँदा संसद समेत चल्न सकेको छैन ।

सभामुखमा ओलीले पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ र दाहालले स्थायी समिति सदस्य अग्नि सापकोटालाई अघि सारेका छन् । दाहालले पूर्व सहमतिअनुसार शक्ति बाँडफाँट गर्दा सभामुख पूर्वमाओवादी समूहलाई परेको भन्दै अहिले पनि आफ्नै समूहले पाउनु पर्ने दावी गर्दै आएका छन् । उता प्रधानमन्त्री ओलीले भने पार्टी नै एक भइसकेपछि पूर्वसमूहको तर्क जायज नभएको बताउँदै आएका छन् । यस विषयमा दुईका बीच संवादहीनताको स्थिति समेत सृजना भएको थियो। शुक्रबार मात्र दुई अध्यक्षबीच कुराकानी भएको थियो ।

पूर्वमाओवादी समूहले सभामुख पाएको खण्डमा यदि अग्नि सापकोटाको नाममा सहमति नबन्दा शर्मालाई पनि सभामुखको दावेदार मानिएको छ । यस्तोमा शर्माले ट्विट गरी आफू दावेदार नभएको बताएका हुन् ।

प्रकाशित : माघ ३, २०७६ २१:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?