कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

आविष्कार केन्द्रलाई एक लाख सहयोग

रासस

पोखरा — म्याग्दीको बेगखोलास्थित बोगखोला नौमती बाजा समूहले गाउँघरमा हुने विवाह, पास्नी तथा सार्वजनिक कार्यक्रममा प्राप्त हुने आम्दानीबाट बचत गरेको एक लाख रुपैयाँ महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरेको छ । 

आविष्कार केन्द्रलाई एक लाख सहयोग

समूहका सदस्य तुलप्रसाद फगामी, थमप्रसाद फगामी र यामबहादुर पूर्जाले पोखराको न्यूरोडस्थित इस्माइल क्याफेमा राष्ट्रिय आविष्कार केन्द्रका संयोजक महावीर पुनलाई भेटेर सो रकम हस्तान्तरण गरेका हुन् ।


सोही अवसरमा रघुगङ्गा गाउँपालिका–१ का अध्यक्ष बिलबहादुर फगामीले व्यक्तिगत रुपमा १० हजार रुपैयाँ प्रदान गरे ।


नौमती बाजा समूहले विवाह लगायतका कार्यक्रममा बाजा बजाएर प्राप्त गरेको आम्दानी तीन भाग लगाई दुई भाग समूहमा संलग्नले पारिश्रमिक लिने र एक भागलाई सामाजिक कार्यमा सहयोग गर्नका लागि कोषमा जम्मा गरी राख्ने गरेको बेग नौमती बाजा समूहका सदस्य तुलप्रसाद फगामीले जानकारी दिए । फगामीका अनुसार बाजा समूहले गाउँमा निर्माणाधीन महादेव माविको भवन निर्माणका लागि एक लाख रुपैयाँ हस्तान्तरण गरिसकेको छ ।

प्रकाशित : माघ ३, २०७६ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?