यूएई बस दुर्घटना : ३ नेपालीको मृत्यु [अपडेट]

कान्तिपुर संवाददाता

काठमाडौँ — यूएईको आबुधाबीमा भएको मिनी बस दुर्घटनामा मृत्यु हुने ३ नेपालीकाे पहिचान खुलेको छ । आबुधाबीस्थित नेपाली दूतावासले मृतकहरूप्रति समवेदना प्रकट गर्दै फेसबुक पेजमा पाेस्ट गरेकाे छ ।

ZenTravel

मृतकहरूकाे विवरण यस प्रकार छः

  • अमिसा मोक्तान तामाङ–बारा
  • कृष्णकुमारी अधिकारी झापा
  • भावना कुँवर– प्युठान

सम्बन्धित समाचारः

Meroghar

यूएई बस दुर्घटना : १ को मृत्यु, घाइते १३ नेपाली महिला उपचाररत [अपडेट]

प्रकाशित : माघ ३, २०७६ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अन्नपूर्ण आधार शिविरमा ५ पर्यटक र २ नेपाली गाइड सम्पर्कविहीन [अपडेट]

लालप्रसाद शर्मा

पोखरा — पर्यटकीय पदमार्ग अन्नपूर्ण आधारशिविर हिँडेका पाँच विदेशी पर्यटक र दुई नेपाली गाइड शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन छन् । हिमपहिरो आएको उक्त रुटबाट चार कोरियाली, एक चिनियाँ र दुई नेपाली सम्पर्कविहीन रहेका हुन् ।

‘अन्नपूर्ण बेसक्याम्प (एबीसी) जाने क्रममा नौ कोरियालीमध्ये चार जना सम्पर्कमा नरहेको जानकारी प्राप्त भएको छ,’ गण्डकीका प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद शर्मा घिमिरेले भने, ‘नेपाली भरियासहित गएका एक चिनियाँ र छुट्टै टोलीका दुई नेपाली गाइड पनि सम्पर्कविहीन छन् ।’ कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हिमालय र देउरालीबीचको हिंकुमा हिमपहिरो आएपछि उनीहरू सम्पर्कमा नरहेको उनले बताए । उक्त वडाको दोभानस्थित डेस्टिनेसन एबीसी होटलका सञ्चालक सुक गुरुङले पनि केही पर्यटक र नेपाली बाटैबाट सम्पर्कविहीन रहेको बताए । अत्यधिक हिमपातले उक्त मार्गमा तत्काल ओहोरदोहोर गर्न सकिने अवस्था छैन । स्थानीय र प्रहरीले उक्त स्थानमा फोनले काम नगरेकाले पनि खोजीमा समस्या भएको बताएका छन् ।

‘एबीसी जाने बाटोमा रहेका होटलमा उनीहरू सुरक्षितसाथ बसेका पनि हुन सक्छन्,’ डीआईजी घिमिरेले भने, ‘टेलिफोन सम्पर्क छैन । अत्यधिक हिमपातले कोही जान सक्ने अवस्था छैन ।’ नजिकै रहेको घान्द्रुक प्रहरी चौकीबाट घटनास्थल पुग्न एक दिन लाग्छ । शुक्रबार बिहान ११ बजेतिर उक्त स्थानमा हिमपहिरो आएको थियो । डीआईजी घिमिरेले स्थानीय र प्रहरीलाई घटनास्थलतर्फ परिचालन गरिएको बताए । कास्की प्रहरीका प्रवक्ता डीएसपी राजकुमार केसीले पनि घटनाबारे अपुष्ट सूचना आएको बताए ।

प्रकाशित : माघ ३, २०७६ १८:०४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×