१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

होचो व्यक्तिको कीर्तिमान बनाएका खगेन्द्र थापाको निधन

पोखरा — विश्वकै होचो व्यक्तिको कीर्तिमान बनाएका खगेन्द्र थापा मगरको निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो उनको निधन भएको हो । 

होचो व्यक्तिको कीर्तिमान बनाएका खगेन्द्र थापाको निधन

स्वास्थ्यमा समस्या आएपछि उनलाई बिहीबार अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको थियो । निमोनियाका कारण उनको निधन भएको अस्पतालले जनाएको छ । उनलाई दिउँसो ३ बजे मृत घोषणा गरिएको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर रानाले बताए । खगेन्द्रमा यसअघि स्वासप्रश्वास, हमोग्लोबिनको कमी, ह्वाइट ब्लड सेल बढी हुने समस्या देखिएको थियो ।

बागलुङ धुल्लुवासकोटका खगेन्द्रले २०६७ असोज २८ मा विश्वकै होचो व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ मा नाम लेखिएको थियो । उनको उचाई ५७ सेन्टिमिटर (२२.०४ इन्च) थियो । उनले १८ वर्षको उमेरमा गिनिज बुकमा नाम लेखाएका थिए । हाल उनी पोखराको सृजनाचोकमा बस्दै आएका थिए ।

२०४९ असोज १८ मा जन्मिएका खगेन्द्रको जन्मदाँ तौल जम्मा ६ सय ग्राम थियो । निधनअघि उनको वजन ५.५ केजी थियो ।

प्रकाशित : माघ ३, २०७६ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?