कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सुरु भयो समाजवादी पार्टीको ‘विसु’ अभियान 

बबिता शर्मा

काठमाडौँ — समाजवादी पार्टीको ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान)’ सुरु भएको छ । शुक्रबारदेखि सातै प्रदेशबाट एकसाथ अभियान सुरु भएको हो । 

सुरु भयो समाजवादी पार्टीको ‘विसु’ अभियान 

नयाँ शक्ति र संघीय समाजवादी पार्टी एकीकरण भएपछि प्राप्त वैचारिक उर्जालाई संगठनात्मक शक्तिमा रुपान्तरण गर्ने उद्देश्यसहित अभियान सुरु गरिएको महासचिव गंगानारायण श्रेष्ठले जानकारी दिए । गत वैशाखमा पार्टी एकिकरण भएपछि संगठन विस्तारका लागि सुरु गरिएको यो पहिलो अभियान हो ।


अभियानको सुरुवात प्रदेश–१ मा वरिष्ठ नेता अशोक राई, प्रदेश–२ मा अध्यक्ष उपेन्द्र यादव, वागमती प्रदेशमा सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, गण्डकी प्रदेशमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, ५–प्रदेशमा उपाध्यक्ष नवराज सुवेदी, कर्णाली प्रदेशमा उपाध्यक्ष युवराज कार्की र सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष हेमराज राईले गरेका छन् ।


देशभरका गाउँपालिका तथा नगरपालिकाको वडा र टोल–टोलसम्म संगठन निर्माण र पार्टीको विचार जनताबीचमा लैजाने उद्देश्य अभियानको रहेको पार्टीले जनाएको छ । अभियानको उद्‌घाटनमा अभिमुखीकरणका विषयवस्तु, वर्तमान राजनीतिक परिस्थिति, पार्टीको सैद्धान्तिक अवधारणा, पार्टीको संगठनात्मक सिद्धान्त र कार्यपद्धति तथा अभियानको महत्वलगायत विषयमा जानकारी गराइने महासचिव श्रेष्ठले बताए ।


तीन महिनासम्म चल्ने अभियानमा ७७ वटै जिल्लामा संयोजक र १६५ वटै निर्वाचन क्षेत्रमा अभियन्ता रहने छन् । सम्बन्धित जिल्लाका वरिष्ठ केन्द्रीय सदस्यलाई जिल्ला संयोजकको जिम्मेवारी दिइएको छ । अभियान अवधिभर पार्टीका उपाध्यक्षहरुले अनुगमन गर्नेछन् ।


प्रदेश–१ मा रकम चेम्जोङ, प्रदेश–२ मा लालबाबु राउत, वागमती प्रदेशमा हिसिला यमी, गण्डकी प्रदेशमा हेमराज राई, प्रदेश–५ मा नवराज सुवेदी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा युवराज कार्कीलाई अनुगमनको जिम्मेवारी दिइएको छ ।

प्रकाशित : माघ ३, २०७६ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?