सूचना प्रविधि विधेयक संशोधन गर : एम्नेस्टी- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सूचना प्रविधि विधेयक संशोधन गर : एम्नेस्टी

कान्तिपुर संवाददाता

काठमाडौँ — मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले संघीय संसद्मा विचाराधीन सूचना प्रविधि विधेयकलाई स्वतन्त्रतामाथिको खतराको संज्ञा दिंदै संशोधन गर्न सरकारलाई आग्रह गरेको छ ।

‘स्वतन्त्र रूपमा विचार अभिव्यक्त गर्नेहरूका लागि ठूलो जेल सजाय र चर्को जरिवानाको व्यवस्था गरिएको विधेयक अन्तर्राष्ट्रिय मापदण्डअनुरूप नभएको’ एम्नेस्टीको ठहर छ । ‘कुनै समय आलोचनात्मक विचार र दृष्टिकोणका सवालमा नेपालमा भएको खुलापनका कारण यो क्षेत्रका मानिसहरूले नेपालप्रति इर्ष्या गर्थे’ संस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अहिले त्यो प्रतिष्ठामाथि खतरा देखापरेको छ किनभने मानिसले केही बोलेको, लेखेको वा गाएकै आधारमा सरकारले उनीहरूमाथि कारबाही जारी राखेको छ ।’

प्रकाशित : माघ २, २०७६ २१:३३
प्रतिक्रिया
पठाउनुहोस्

यूएईमा मिनिबस दुर्घटना, १६ नेपाली घाइते

कान्तिपुर संवाददाता

काठमाडौँ — यूएईमा नेपाली सवार एक मिनिबस दुर्घटना भएकाे छ । बस लाेरी ट्रकसँग जुध्दा दुर्घटना भएकाे हाे ।बिहीबार बिहान भएकाे दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । त्यहाँस्थित अल राह रोडमा भएको उक्त दुर्घटनामा परी १९ जना घाइते भएका छन् ।

बसमा सवार १८ नेपालीमध्ये १६ जना घाइते रहेको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले गल्फ न्यूजलाई बताएका छन् ।
घाइतेहरुको माफराक र अन्य अस्पतालहरुमा उपचार भइरहेको दूतावासले जनाएको छ । राजदूत ढकालले अस्पतालमा पुगेर घाइतेहरुलाई भेटेका छन् ।
चालककाे हेलचेक्राइँका कारण दुर्घटना भएकाे आबुदाबी प्रहरीकाे दाबी छ । मृत्यु हुनेहरुको विवरण आइनसकेको दूतावास स्रोतले जनाएको छ ।

प्रकाशित : माघ २, २०७६ २०:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×