कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

यूएईमा मिनिबस दुर्घटना, १६ नेपाली घाइते

काठमाडौँ — यूएईमा नेपाली सवार एक मिनिबस दुर्घटना भएकाे छ । बस लाेरी ट्रकसँग जुध्दा दुर्घटना भएकाे हाे ।बिहीबार बिहान भएकाे दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । त्यहाँस्थित अल राह रोडमा भएको उक्त दुर्घटनामा परी १९ जना घाइते भएका छन् ।

यूएईमा मिनिबस दुर्घटना, १६ नेपाली घाइते

बसमा सवार १८ नेपालीमध्ये १६ जना घाइते रहेको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले गल्फ न्यूजलाई बताएका छन् ।

घाइतेहरुको माफराक र अन्य अस्पतालहरुमा उपचार भइरहेको दूतावासले जनाएको छ । राजदूत ढकालले अस्पतालमा पुगेर घाइतेहरुलाई भेटेका छन् ।

चालककाे हेलचेक्राइँका कारण दुर्घटना भएकाे आबुदाबी प्रहरीकाे दाबी छ । मृत्यु हुनेहरुको विवरण आइनसकेको दूतावास स्रोतले जनाएको छ ।

प्रकाशित : माघ २, २०७६ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?