चम्ल्याहा जन्मिए- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चम्ल्याहा जन्मिए

लालप्रसाद शर्मा

पोखरा — पोखराको मनिपाल शिक्षण अस्पतालमा बिहीबार चम्ल्याहा शिशुको जन्म भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ की २६ वर्षीया सुनीता पौडेल प्रधानले ३ छोरी र १ छोरालाई जन्म दिएकी हुन् । चारैजना शिशु र आमाको स्वास्थ्य ठीक रहेको अस्पतालले जनाएको छ ।

डा. महेन्द्र पाण्डेको नेतृत्वमा शल्यक्रियामार्फत चार बच्चाको जन्म दिइएको हो । डा. पाण्डेका अनुसार पहिलो बच्चा छोरी डेढ केजीकीलाई ९ बजेर ४९ मिनेटमा निकालिएको थियो । त्यसपछि दोस्रो बच्चा छोरा (१.३ केजी), तेस्रो र चौथो बच्चा छोरीहरु (१.३ र १.४ केजीका) लाई ९ बजेर ५० मिनेटमा निकालिएको हो ।


पाण्डे नेतृत्वमा ७ चिकित्सक र स्वास्थ्यकर्मीको पहलमा करिब ४० मिनेट लगाएर शल्यक्रियामार्फत बच्चाको जन्म गराइएको हो । ‘भिडियो एक्सरे गर्दा तीनवटा बच्चामात्रै देखिएको थियो’ पाण्डेले भने, ‘तर शल्यक्रिया गर्दा चारवटा भेटिए ।’ पाण्डेका अनुसार प्रति ८ लाखमा एकजनाले चम्ल्याहा जन्माउने गर्छन् ।

सुनीताको यो दोस्रो गर्भ थियो । ३४ साता ४ दिनमा उनले चार सन्तान जन्माएकी हुन् । उनको ५ वर्षीय एक छोरा छन् । गत आइतबार उनी प्रसूतिका लागि मनिपाल भर्ना भएकी थिइन् ।


प्रकाशित : माघ २, २०७६ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्

दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी

कान्तिपुर संवाददाता

काठमाडौँ — जिल्ला प्रशासन कार्यालय भक्तपुरले बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । 

अभद्र व्यवहार गरेको उजुरीपछि प्रसाईंलाई जिल्ला प्रशासन कार्यालयले बिहीबार पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख सविन प्रधानले कान्तिपुरसित भने, 'उहाँ (दुर्गा प्रसाईं)विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । उहाँलाई पक्राउ गर्न हामीले झापा प्रहरीलाई पनि सम्पर्क गरेका छौं तर त्यहाँ नभेटिएको भन्ने खबर आएको छ । हामी खोज्दैछौं ।'

प्रसाईंले आफूविरुद्ध अभद्र व्यवहार, गाली बेइज्जती तथा मानहानी गरेको भन्दै महानगरीय प्रहरी परिसर भक्तपुरमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले उजुरी दिएका थिए ।

प्रसाईंले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मेडिकल कलेजको सम्बन्धनका लागि गिरीले आफूसँग २० करोड घूस मागेको दाबी गरेका थिए । प्रसाईंले डा. गिरीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत दिएका थिए ।

गिरीले प्रसाईंको आरोप खण्डन गर्दै मंगलबार काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती तथा मानहानीको मुद्दा दर्ता गरेका थिए ।

यो पनि

प्रकाशित : माघ २, २०७६ १२:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×