चन्द समूहले ढकालको घरमा कुकर बम विस्फोट गराएको खुलासा

बढी क्षति गराउन कुकरभित्र फलामको किला 
मातृका दाहाल

काठमाडौँ — ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका भू-माफिया शोभाकान्त ढकालको घरमा बुधबार साँझ चन्द समूहले बम विस्फोट गराएको खुलेको छ ।

चन्द समूहले ढकालको घरमा कुकर बम विस्फोट गराएको खुलासा

चन्द समूहले कुकर बम विस्फोट गराएको प्रहरीको प्राम्भीक अनुसन्धानबाट खुलेको हो । घटनास्थलमा चन्द समूहका पर्चाहरु भेटिएका छन् ।

महानगरीय प्रहरी प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार बढी क्षति गराउन कुकरभित्र फलामका किला राखिएको अवस्थामा भेटिएको बताए ।


विस्फोट गराउने टोलीको खोजी गर्न सीआईबी, प्रहरीको विशेष ब्यूरो, महानगरीय प्रहरी अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त बालाजुको टोली खटिएका छन् ।


यस्तै, नेपाली सेना र सशस्त्र प्रहरीले समेत विस्फोट गराउनेको पहिचान गर्न आफ्ना संयन्त्रलाई तैनाथ गराएका छन् ।

यो पनि पढ्नुहोस् :

बम विस्फोटपछि घटनास्थलका तस्बिरहरु

चन्द समूहले विस्फोट गराएको आशंका

ललिता निवास प्रकरणका मुख्य आरोपी शोभाकान्त ढकालको घरमा बम विस्फोट (अपडेट)

प्रकाशित : माघ १, २०७६ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?