कोहलपुर नगरपालिका-१२ का अध्यक्ष भारतमा मृत फेला 

मधु शाही

बाँके — बाँकेस्थित कोहलपुर नगरपालिका वडा नम्बर १२ का अध्यक्ष कृष्णबहादुर खड्का बुधबार मृत अवस्थामा फेला परेका खबर आएको छ । घटना बारे बुझ्नका लागि नगरपालिकाका जनप्रतिनिधि र राजनीतिक दलका नेता अपरान्ह ३ बजे बहराइच पुगेको प्रहरीले जनाएको छ । 

कोहलपुर नगरपालिका-१२ का अध्यक्ष भारतमा मृत फेला 

परिवारजनका अनुसार खड्का सुर्खेतको मेहलकुना जाने भन्दै मंगलबार बिहान ७ बजे घरबाट निस्किएका थिए ।


बुधबार दिउँसो भारतको बहराइचमा रहेको शंकर होटलमा शव भेटिएको भन्दै होटल वालाले फोन गरेर जानकारी दिएको नगरपालिकाका प्रेस सल्लाहकार भीम रावतले बताए ।


परिवारलाई सुर्खेत जान्छु भनेर हिँडेका अध्यक्ष खड्का दुई दिनदेखि फोन सर्म्पकमा छैनन् । एक्कासी बहराईचमा मृत भेटिएको खबर नगरपालिका र परिवार शोक मग्न भएको सल्लाहकार भीमले बताए ।


विस्तृत जानकारी आउन बाँकी छ ।

प्रकाशित : माघ १, २०७६ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?