कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पूर्व सासंद वीपी यादवसहित ६ जना विरुद्ध मुद्दा दायर

फर्जी उपभोक्ता समिति गठन गरी सरकारी रकम हिनामिना गरेको आरोप
अवधेशकुमार झा

राजविराज — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व सासंद वीपी यादवसहित ६ जनामाथि विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।

पूर्व सासंद वीपी यादवसहित ६ जना विरुद्ध मुद्दा दायर

सप्तरी जिल्लाको अग्नीसाइर कृष्णासवरण गाउँपालिका वडा नम्बर २ र ३ मा पर्ने सडक ग्राभेल गर्ने कार्यमा फर्जी उपभोक्ता समिति गठन गरी सरकारी रकम हिनामिना गर्ने कार्यमा प्रत्यक्ष संलग्न रहेको भन्दै अख्तियारले उनीहरुमाथि मुद्धा दायर गरेको हो ।


अख्तियारद्धारा जारी विज्ञप्ती अनुसार पूर्व सासंद वीपी भनिने विश्वनाथप्रसाद यादव,राजपा नेपालका केन्द्रीय सदस्य हरिनारायण भनिने हरि मण्डल,पूर्वाधार बिकास कार्यालय सिरहाका तात्कालीन सिनियर डिभिजनल इन्जिनियर राजकुमार गोइत,सोही कार्यालयका नायव सुब्बा भागवत यादव र वीरेन्द्रकुमार मण्डल तथा कृष्णकुमार यादव समेतलाई विपक्षी बनाइ आरोप पत्र दायर गरिएको हो ।


आरोप पत्र दायर गरिएका मध्ये वीपी,हरि र इन्जिनयर गोइत सप्तरी जिल्ला अदालतको आदेशमा सोही प्रकरणको किर्ते मुद्दामा अहिले पुर्पक्षका लागि राजविराज कारागारमा छन् । आरोपी ६ जनाले एकआपसमा मिलेमतो गरी आफूलाई गैर कानुनी लाभ पुर्‍याउने उद्देश्यले सप्तरीकै राजगढ गाउँपालिकास्थित मुतनी नदीको सिंचाई आयोजना समबन्धि कार्य गर्न गठित उपभोक्ता समितिका पदाधिकारीहरुको नागरिकताको फोटोकपीमा अनाधिकृत रुपमा विवरण सच्चाएको अख्तियारको ठहर छ ।

प्रकाशित : माघ १, २०७६ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?