२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

समाजवादी पार्टीको ३ महिने संगठन सुदृढिकरण अभियान शुक्रबारबाट 

काठमाडौँ — समाजवादी पार्टीले शुक्रबारबाट ३ महिने ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान’ सुरु गर्ने भएको छ । 'विसु' नाम दिइएको अभियान चैत्र मसान्तसम्म देशभरी नै सञ्चालन गरिने उपमहासचिव प्रकाश अधिकारीले जानकारी दिए । 

समाजवादी पार्टीको ३ महिने संगठन सुदृढिकरण अभियान शुक्रबारबाट 

अभियानको शुक्रबार सातै प्रदेशमा एकैपटक उद्‌घाटन गर्ने कार्यक्रम तय भएको छ । अभियानको उद्‌‌घाटनका लागि पार्टीका केन्द्रीय पदाधिकारीहरु ७ वटै प्रदेशमा जाने अधिकारीले बताए ।

अधिकारीका अनुसार प्रदेश–१ मा वरिष्ठ नेता अशोककुमार राई, उपाध्यक्षद्वय परशुराम खापुङ र रकम चेम्जोङ, महासचिव रणध्वज कन्दङ्वा र सचिव परशुराम बस्नेत जानेछन् । प्रदेश–२ मा केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, उपाध्यक्षद्वय रेणुकुमारी यादव, लालबावु राउत, महासचिव रामसहायप्रसाद यादव, उपमहासचिव प्रकाश अधिकारी र सचिव प्रशान्त सिंह, बागमती प्रदेशमा सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ, उपाध्यक्ष हिसिला यमी, महासचिव गंगानारायण श्रेष्ठ, गण्डकी प्रदेशमा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, उपमहासचिव डम्बर खतिवडा उदघाटन कार्यक्रममा जानेछन् ।

प्रदेश–५ मा उपाध्यक्ष नवराज सुवेदी,सचिव मोहम्मद इस्तियाक राई, कर्णाली प्रदेशमा उपाध्यक्ष युवराज कार्की, सचिव भक्तबहादुर शाह तथा सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष हेमराज राई, उपमहासचिव दानबहादुर विश्वकर्मा, सचिव दुर्गा सोव उद‌्घाटन कार्यक्रममा जाने छन् ।

पार्टीले सात ओटै प्रदेशमा अभियानको अनुगमनकर्ता पनि तोकेको छ । प्रदेश–१ मा उपाध्यक्ष रकम चेम्जोङ र परशुराम खापुङ, प्रदेश–२ मा उपाध्यक्ष लालवावु राउत, बागमती प्रदेशमा उपाध्यक्ष हिसिला यमी, गण्डकी प्रदेशमा उपाध्यक्ष हेम राज राई, प्रदेश–५ मा उपाध्यक्ष नवराज सुवेदी, कर्णाली प्रदेशमा उपाध्यक्ष युवराज कार्की र सुदूशपश्चिम प्रद्येशमा उपाध्यक्ष युवराज कार्कीलाई अनुगमनकर्ता तोकिएको अधिकारीले बताए ।

प्रकाशित : माघ १, २०७६ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?