कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

रूरू क्षेत्रमा मकर स्नान गर्नेको घुँइचो (तस्बिरहरु)

माधव अर्याल

पाल्पा — पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रिडी रूरू क्षेत्रमा बुधबारदेखि मकर स्नान मेला सुरू भएको छ । माघे सङ्क्रान्तिका अवसर पारेर बुधबारबाट मेला सुरु भएको हो ।  

रूरू क्षेत्रमा मकर स्नान गर्नेको घुँइचो (तस्बिरहरु)

रूरू क्षेत्रमा कालीगण्डकीमा नुहाएर अर्गली क्षेत्रमा रहेको ऋषिकेशव मन्दिरमा दर्शन गर्दा पुण्य प्राप्त गरिने विश्वासले बिहानैदेखि स्नान गर्ने भक्तजनहरूको घुॅइचो लागेको छ । स्नान गर्ने मेला तीन दिनसम्म रहन्छ । नेपालको चार धाममध्यको एक रूरू क्षेत्र नेपालसहित भारतबाट आएका श्रद्धालु भक्तजनहरूको चहलपहलले रमाइलो भएको स्थानीय सम्झना भट्टराईले बताइन् ।



स्नान क्षेत्रमा विभिन्न स्थानबाट आएका व्यापारीले उखुबाट बनाइएको गुँड, खुदो, चाकु र स्थानीय उत्पादनका स्टल राखेका छन् । गुल्मीतर्फ स्थानीय क्लब र गुल्मी उद्योग वाणिज्य संघ रिडी शाखाले रूरू महोत्सव राखेको छ । साथै खानपीन, व्यापार र सांस्कृतिक कार्यक्रम राखिएको छ ।


सोह्रौ शताव्दीका राजा मणिमुकुन्द सेनले कालीगण्डकीमा स्नान गर्दा भगवान ऋषिकेशवको मुर्ति फेला परेपछि मुर्तिलाई प्रतिस्थापन गरको भन्ने किवंदन्ती छ । ऋषिकेशव मन्दिर र यस क्षेत्रलाई रूरू कन्याको जन्मस्थल भनिन्छ । मणिमुकुन्द सेनवाट ऋषिकेशवको मूर्ति प्राप्त गरी स्थापना गरेको प्रसिद्ध ऋषिकेशव मन्दिरले धार्मिक पर्यटकको लागि आर्कषण बन्न सक्ने स्थानीयहरु बताउँछन् ।



सक्रान्तिको अवसरमा व्यापार गर्न पाल्पा, बाग्लुङ्ग, रूकुम, रोल्पा, हुम्ला, जुम्ला, मुस्ताङलगायत स्थानबाट घरेलु सामग्री बिक्रीको लागि रिडीमा आएका छन् ।



मेलामा रोल्पा, रूकुम सल्यान, प्यूठान, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङलगायतका जिल्लाका व्यापारीहरू जाडो छल्न र त्यस क्षेत्रमा पाइने ऊनीजन्य बस्तुहरू जस्तै, राडीपाखी, कम्बल, बाँसको सामग्रीहरू, जडीबुटीहरू खरिद बिक्री आउने ऋषिकेशव मन्दिर व्यवस्थापन समितिका पुजारी चुरामणी तिमिल्सेनाले बताए ।

प्रकाशित : माघ १, २०७६ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?