३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

एमसीसी विवाद अनावश्यक : परराष्ट्रमन्त्री

पाल्पा — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एमसीसीलाई अनावश्यक विवादमा ल्याइएको बताएका छन् । पाल्पा, गुल्मी र स्याङ्जाको संगम रिडी रुरु क्षेत्रमा रुरु महोत्सव तथा मकर संक्रान्ति मेला उद्घाटन गर्दै मंगलबार उनले भने, ‘भारत, चीन, अमेरिकासँग सहायता लिनुपर्छ ।’

एमसीसी विवाद अनावश्यक : परराष्ट्रमन्त्री

मन्त्री ज्ञवालीले एमसीसीबाट अनुदान लिन आठ वर्षदेखिको प्रयत्न हुँदै आएको बताए ।


‘धेरै मापदण्ड पूरा गरेर नेपाल एमसीसीको अनुदान पाउने हैसियतमा पुगेको हो,’ उनले भने, ‘तर यहाँ यसलाई केहीले बुझेर र केहीले नबुझेर अनावश्यक बहसको विषय बनाइएको छ ।’


उनले नेपाल असंलग्न सिद्धान्तप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने बताए ।

प्रकाशित : पुस २९, २०७६ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?