कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकको रकम आफूले निकालेर अनियमितता गरेको आरोपमा आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियारले कृषि विकास बैंकको न्यूरोड शाखाकी सहायक दिपिका रेग्मीसहित शाखा प्रबन्धक प्रेमहरी ढुंगेल, ऋण शाखा प्रमुख गोपाल गिरी, ऋण अधिकृत सलिल रेग्मी, ऋण शाखाका अर्का प्रमुख महेश्वर मरहट्टामाथि भ्रष्टाचारमुद्दा दायर गरेको हो । त्यसैगरी तारानाथ पाण्डे, रमेशराज विष्ट र दुर्गा ज्वेलर्सका सञ्चालक प्रकाश घतानीलाई पनि अख्तियारले विपक्षी बनाएको छ ।


अख्तियारले सहायक रेग्मी र ढुंगेलमाथि चार करोड २४ लाख रुपैंया र गिरीमाथि दुई करोड ६१ लाख रुपैंया बिगो मागदाबी गरेको छ ।


ऋण अधिकृत रेग्मीमाथि एक करोड १० लाख,विष्टमाथि चार करोड २४ लाख,घतानीमाथि दुई करोड ६७ लाख रुपैंया बिगो मागदाबी गरेको छ । उनीहरुले एकाउन्ट पेशी चेक अर्का खातामा पठाई त्यहाँबाट रकम निकालेको आरोप छ ।

प्रकाशित : पुस २९, २०७६ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?