प्रदेश-१ र कर्णाली प्रदेशमा बुधबार सार्वजनिक बिदा

काठमाडौँ — प्रदेश नम्बर १ र कर्णाली प्रदेशले बुधबार सार्वजनिक बिदा दिएका छन् । प्रदेश एकमा माघे संक्रान्ति र कर्णाली प्रदेशमा माघी पर्वको अवसरमा बिदा दिइएको हो । दुवै प्रदेशका मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।

प्रदेश १ मन्त्रीपरिषदको बैठकले माघ १ गते माघे संक्रान्तिको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिम मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले बताए । माघी पर्वको अवसरमा प्रदेश १ प्रमुख सोमनाथ अधिकारी शुभकामना सन्देशसमेत दिएका छन् ।

कर्णाली प्रदेश सरकारको कात्तिक १९ गते बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वमा बिदा दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा माघ १ गते सार्वजनिक बिदा हुनेगरी सूचना प्रकाशन गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले जानकारी दिए । बुधबार कर्णाली प्रदेशभरका सबै सरकारी र सार्वजनिक कार्यालयका साथै विद्यालयहरु बिदा हुनेछन् ।

प्रकाशित : पुस २९, २०७६ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?