गोकर्ण रिसोर्टको म्याद थप गर्नुको कारण खोल्न सर्वोच्चको आदेश

कृष्ण ज्ञवाली

काठमाडौँ — सर्वोच्च अदालतले गोकर्ण फरेष्ट रिसोर्टको म्याद थप्ने निर्णयको आधार र कारण खोल्न सरकारका नाममा आदेश जारी गरेको छ । गोकर्ण फरेष्ट रिसोर्ट सञ्चालनको ६ वर्ष म्याद बाँकी छँदै थप २५ वर्ष अवधि थप्ने निर्णयबारे कारण देखाऊ आदेश जारी गरेको हो ।

गोकर्ण रिसोर्टको म्याद थप गर्नुको कारण खोल्न सर्वोच्चको आदेश

न्यायाधीश कुमार रेग्मीको इजलासले वातावरण विनाश हुनेगरी जंगल मासेर थप संरचना बनाउन खोज्नुको कारण पनि खोजेको छ । सरकारले गैरकानूनी रुपमा गोकर्ण फरेष्ट रिसोर्टको अवधि थपेको भन्दै अधिवक्ता विष्णु लुईँटेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।


निवेदनमा उनले सार्वजनिक खरिद ऐन मिचिएकाले सरकारले गरेको निर्णय अनुसार लिज सम्झौता अघि नबढाउन आदेशको माग गरेका छन् । अनि जंगल क्षेत्रमा थप निर्माण गर्न नदिन आदेशको माग गरेका छन् ।

यो पनि पढ्नुहोस्ः

गोकर्ण जग्गाको निर्णय बचाउमा सचिव

प्रकाशित : पुस २९, २०७६ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?