१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

दिगो विकास समितिमा यातायातमन्त्री नेम्वाङले भने, 'नेपाली रेल चलेको हेर्न धेरै कुर्नु पर्दैन'

जयसिंह महरा

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले जनकपुर-जयनगरमा केही महिनाभित्रै रेल सञ्चालन हुने बताएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा मन्त्री नेम्वाङले भारतबाट छिट्टै नेपालको रेल आउन लागेको बताएका हुन् ।

दिगो विकास समितिमा यातायातमन्त्री नेम्वाङले भने, 'नेपाली रेल चलेको हेर्न धेरै कुर्नु पर्दैन'

'जीटूजी मोडेलमा बनेको रेल भारतले चाँडै नेपालमा पठाउँदैछ । जनकपुर-जयनगरमा चाँडै रेल चल्नेछ,' उनले भने, 'दुई-तीन महिनाभित्र भारतले नेपालमा रेल पुर्‍याउने सरकारी तहमा कुरा भएको छ । अब धेरै कुर्नु पर्दैन, चाँडै नेपाली भूमिमा रेल चलेको देख्न पाइन्छ ।'


नेपालमा रेल लिक बनाउने काम तीव्र रूपमा भइरहेको नेम्वाङले जानकारी दिए । नेपालमा रेल क्षेत्रमा लगानी गर्नका लागि विदेशी राष्ट्रहरू इच्छुक भएको उनको भनाइ थियो ।


साझा यातायातसँग सहकार्य गरेर सरकारले विद्युतीय यातायात सञ्चालन गर्नेबारे छलफल भइरहेको नेम्वाङले जानकारी दिए । उनले विद्युतीय बस ल्याउने निर्णय भए पनि कार्यान्वयन गर्न ढिलाइ भइरहेको स्वीकार गरे । उनले भने, 'विद्युतीय यातायात ल्याउनेबारे केही ढिलाइ भएको हो । सार्वजनिक र इलेक्ट्रिक यातायात सञ्चालन गर्ने सरकारको नीति छ । सरकारको चासो त्यसमा छ । विधिमार्फत नै यसलाई लगाडि बढाएर जाने भएका छौं । चाँडै त्यसको थालनी हुनेछ ।'

प्रकाशित : पुस २९, २०७६ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?