कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पहिलो संसद भवन भत्काउन संसदीय समितिको निर्देशन 

जयसिंह महरा

काठमाडौँ — सिंहदरबारस्थित नेपालको पहिलो संसद भवन भत्काएर 'स्टेट गेस्ट हाउस' बनाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

पहिलो संसद भवन भत्काउन संसदीय समितिको निर्देशन 

विकास तथा प्रविधि समितिको मंगलबार बसेको बैठकले भूकम्पबाट क्षतिग्रस्त पुरातात्त्विक भवन भत्काएर नयाँ भवन बनाउन भनेको हो । नयाँ भवन पुरानै स्वरूपमा बनाउन पनि समितिले सरकारलाई भनेको छ ।


समिति सभापति कल्याणी खड्काले सहरी विकास मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई उक्त निर्देशन दिएकी हुन् । ‘पुरानो संसद भवन भत्काउन' र सो स्थानमा निर्माण हुने नयाँ संरचना पुरानै स्वरुपमा बनाउनू,' सभापति खड्काले दिएको निर्देशनमा लेखिएको छ ।


समिति बैठकमा सांसदहरूले भवनलाई भत्काउने कि रेट्रोफिटिङ गर्ने कि नयाँ बनाउने भनेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव शिवहरी शर्मा र सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई जिज्ञासा राखेका थिए । सरकार उक्त भवन भत्काएर के बनाउने भन्नेमा निर्णयमा पुगिनसकेको सचिवहरूको भनाइ थियो ।

प्लास्टिकले छोपिएको अवस्थामा सिंहदरबारस्थित पुरानो संसद भवन

प्रकाशित : पुस २९, २०७६ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?