कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चुनढुंगा खानीको स्काभेटरमा बम

माधव अर्याल

पाल्पा — प्राकृतिक स्रोत साधन दोहन गरेको गरेको आरोपमा नेत्र विक्रम चन्द समूहको जिल्ला जनपरिषद् पाल्पाले चुनढुंगा खानीको एक स्काभेटरमा बम राखेको छ । 

चुनढुंगा खानीको स्काभेटरमा बम

रैनादेवी गाउँपालिका–१, सिद्देश्वरमा रहेको सर्वोत्तम सिमेन्टको चुनढुंगा खानीको माथिल्ला भागको एउटा स्काभेटरमा खतरा लेखेर टाँसेको देखिएपछि खानी उत्खनन रोकिएको वडाध्यक्ष सोमबहादुर दर्लामीले जानकारी दिए ।


खतरा लेखिएको स्थानमा फालिएको पर्चामा स्थानीय जनता र व्यवसायीको भावना विपरित काम गरेको, जनसत्तामा दर्ता नगरी खानी संचालन गरेको र प्राकृतिक स्रोत र साधनको दोहन गरेको उल्लेख छ ।


चुनढुंगा खानीस्थलमा प्रहरी र नेपाली सेना पुगेको छ । नेपाली सेनाको बम डिस्पोजल टोली तानसेनबाट त्यसतर्फ गइरहेको प्रहरीले जनाएको छ । सिद्देश्वर तानसेनबाट ४५ किलोमिटर पश्चिममा पर्छ ।

प्रकाशित : पुस २९, २०७६ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?