कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

‘सूचना प्रविधि विधेयक संशोधन गर्नुपर्छ’

काठमाडौँ — मिडिया एक्सन नेपालले स्वतन्त्र पत्रकारितालाई बचाउन संसद्मा रहेको सूचना प्रविधि विधेयक संशोधन हुनुपर्ने बताएको छ । संस्था अध्यक्ष लक्ष्मणदत्त पन्तद्वारा सोमबार जारी विज्ञप्तिमा विधेयकमा मिडियालाई खुम्च्याउने खालका केही विवादास्पद प्रावधानहरूलाई घटाउनुपर्ने उल्लेख छ ।

संसद्को तल्लो सदन प्रतिनिधिसभाको सूचना प्रविधि समितिबाट बहुमतका आधारमा पारित भएको छ र उक्त प्रतिवेदन प्रतिनिधिसभामा पेस गर्न बाँकीको अवस्थामा छ । प्रतिनिधिसभाबाट उक्त विधेयक पास भएपछि राष्ट्रिय सभामा पठाइने छ । पन्तले विधेयकका केही व्यवस्थाहरूले नेपालको संविधानको धारा १२, १९ र २८ तथा अन्तर्राष्ट्रिय नागरिक तथा मानवअधिकार सन्धिका विरुद्ध भएको बताएका छन् । विज्ञप्तिमा विधेयकका प्रावधानहरूले स्वतन्त्रतालाई खुम्च्याउने तथा अनुसन्धानात्मक र स्वतन्त्र पत्रकारितालाई निरुत्साहित गर्ने खालको पनि रहेको उल्लेख छ ।

प्रकाशित : पुस २८, २०७६ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?