‘सीआईबी हुँ’ भन्दै असुली गर्ने दुई पक्राउ

अर्जुन राजवंशी

बिर्तामोड — ‘सीआईबी प्रहरी हुँ’ भन्दै नगद असुली गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा झापा गौरीगञ्ज गाउँपालिका–१ का २८ वर्षीय पर्शुराम महतो र ३ का २० वर्षीय जीवन दास रहेका छन् । 

‘सीआईबी हुँ’ भन्दै असुली गर्ने दुई पक्राउ

बाह्रदशी गाउँपालिका–३ राजगढ बजारमा सोमबार स्थानीय व्यापारी अरफाक आलमसँग नगद ७ हजार रुपैयाँ असुली गर्दै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरीका डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।


प्रदेश प्रहरी कार्यालय विराटनगरको सीआईबी प्रहरी भएको बताउँदै डरधम्की देखाई रकम असुली गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय राजगढले उनीहरुलाई नियन्त्रणमा लिएको श्रेष्ठले बताए । उनीहरुमाथि अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रकाशित : पुस २८, २०७६ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?