देउवालाई सभापति हुनबाट रोक्छौं : शशांक कोइराला

अर्जुन राजवंशी

बिर्तामोड — कांग्रेस महामन्त्री शशांक कोइरालाले नेता कृष्णप्रसाद सिटौला समूहसँग सहकार्य गरेर पार्टीको १४ औं महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति बन्नबाट रोक्ने बताएका छन् ।

देउवालाई सभापति हुनबाट रोक्छौं : शशांक कोइराला

सोमबार झापाको बिर्तामोडमा प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा महामन्त्री कोइरालाले महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन गर्न रामचन्द्र पौडेल र सिटौला समूहबीच सहकार्य आवश्यक रहेको बताए । ‘देउवाजीसँग पार्टी र मुलुक चलाउने सपना छैने । उहाँ गुटमात्रै चलाउने नेता हो,’ कोइरालाले भने, ‘अहिलेसम्म गुट चलाएरै यहाँसम्म आइपुग्नुभयो । फेरि पनि गुट चलाउन उहाँलाई सभापति बनाउन सकिदैन ।’

कोइरालाले आफू पनि आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार रहेको बताए । ‘सभापतिको दौडमा म पनि छु,’ कोइरालाले भने । आफूसँगै रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, शेखर कोइराला, प्रकाशमान सिंह, रामशरण महत सभापतिमा आकांक्षी रहेको उनले बताए । यीमध्ये जसको नाममा सहमति जुट्छ, उसैलाई सभापति मानेर अगाडि बढ्ने गृहकार्यमा आफूहरु रहेको कोइरालाको भनाइ थियो ।

कोइरालाले सभापति देउवासँग पुस ११ गते केन्द्रीय कार्यसमिति बैठकको बहुहमतबाट गरेका निर्णय सच्याउनुको विकल्प नरहेको बताए ।

सूचना विद्येयकमार्फत सरकारले स्वतन्त्र प्रेसमाथि हस्तक्षेप गर्न खोज्नु निन्दनीय रहेको कोइरालाले बताए ।

प्रकाशित : पुस २८, २०७६ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?