कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

लापर्बाही नगर्ने प्रतिबद्धतासहित टिपर चालकले खाए सपथ

काभ्रे — टिपर चलाउँदा लापर्बाही नगर्ने प्रतिबद्धतासहित टिपर चालकले सपथ खएका छन् । प्रहरी र व्यवयासीले दुर्घटना कम गर्नका लागि प्रतिबद्धतासहित सपथ खुवाएका हुन् । बागमती टिपर व्यवसायी संघ र जिल्ला ट्राफिक प्रहरी कार्यलयले लिखित प्रतिबद्धतासहित सपथ खुवाएका हुन् ।

लापर्बाही नगर्ने प्रतिबद्धतासहित टिपर चालकले खाए सपथ

टिपर चालकले जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक विशाल तामाङसमक्ष विभिन्न १० बुँदे प्रतिबद्धता गरेका छन् ।

‘चालक आफैं सचेत नभएसम्म दुर्घटना न्यूनिकरण नहुने रहेछ,’ संघका अध्यक्ष प्रेम तामाङले भने, ‘थप जिम्मेवार बनाउन यस्तो प्रतिबद्धतासहित सपथ खुवाएका हौं ।’

सपथमा मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउने, तीव्र गतिमा नकुदाउने, जथाभावी ओभरटेक र पार्किङ नगर्ने, संगीतको लागि उफर, झलर र स्टिकर नराख्ने, बस्ती क्षेत्रमा प्रेसर हर्न नबजाउने र पानी चुहाएर सामान ढुवानी नगर्ने उल्लेख छ । क्याबिन र ढालामा यात्रु नराख्ने, गाडी चलाउँदा मोबाइल फोनको प्रयोग नगर्ने, आकस्मिक सेवाका साधन र पैदल यात्रुलाई प्राथमिकता दिने, ट्राफिक नियमको पालना गर्ने र गाडीको कागजपत्र सधैं साथमा राख्ने प्रतिबद्धता चालकहरुले गरेका छन् ।

जिल्ला समन्वय समिति प्रमुख उद्धव केसीले टिप अनुसार भत्ता पाउने नियमका कारण तिव्र गतिमा चलाउँदा टिपर बढी दुर्घटनामा पर्ने गरेको बताए ।


प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले टिपरबारे सर्वसाधरणको धारणा राम्रो बन्न नसकेको भन्दै जिम्मेवार भएर चलाउन अनुरोध गरे ।

जिल्ला प्रहरी प्रमुख एसपी रविकुमार पौडेल दुर्घटनाका विभिन्न कारण हुने भन्दै टिपरबारे धेरै गुनासो आउने गरेको सुनाए । व्यवसायी संघका अध्यक्ष तामाङले अरु सवारीसाधनको गल्ती हुँदा पनि दोष टिपरले नै पाउने गरेको गुनासो गरे ।

काभ्रे हुँदै दैनिक २ हजार २ सय टिपर गुड्छन् । जिल्लामा हुने सवारी दुर्घटनामा ५० प्रतिशत टिपरको संलग्न हुने तथ्याँक देखिन्छ । गत आर्थिक वर्ष २०७५/७६ मा भएका ७० मध्ये ३४ सवारी दुर्घटनामा टिपरको संलग्नता थियो । जिल्ला ट्राफिक प्रहरी कार्यलय काभ्रेका अनुसार, सो आवमा ३७ जनाले ज्यान गुमाएकोमा टिपरकै कारण ११ जनाको मृत्यु भएको हो ।

प्रकाशित : पुस २८, २०७६ १४:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?