कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

खस–आर्यका थर सूचीकरण गरिँदै

गणेश राई

काठमाडौँ — समावेशी आयोगले खस र आर्य समुदायका थर सूचीकृत गर्ने प्रक्रिया अघि बढाएको छ । संविधानले यी दुई समुदायलाई एउटै बनाएपछि उनीहरूले स्पष्ट पार्न माग गर्दै आएका थिए । माग सम्बोधन गर्न आयोगले कार्ययोजना बनाएको कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले बताइन् । 

खस र आर्यसँगै दशनामी, ठकुरीका थर पनि सूचीकृत गरिने जानकारी उनले दिइन । ‘खस, आर्य, दशनामी र ठकुरी छुट्टै हुनुपर्छ भन्ने आवाजलाई हामीले गम्भीर रूपमा लिएका छौं,’ उनले भनिन् । कतिपय थर ब्राह्मण, क्षेत्री र दलितमा एउटै हुने भएकाले त्यसको समेत परिभाषा गर्नुपर्ने आयोगले जनाएको छ ।

आयोगले विभिन्न जाति र वर्गका लागि अध्ययन–अनुसन्धान गर्दै आएको छ । ‘कतिपय गिरी–पुरीले आफू मतवाली हौं भनेका छन्,’ ओझाले भनिन्, ‘हामी तेस्रो लिंगी, यौनिक अल्पसंख्यक, लैगिक अल्पसंख्यक, अन्तरलिंगी हौं, नागरिकतामै हाम्रो पहिचान खुल्नुपर्छ, बिहे दर्ता हुनुपर्छ, हाम्रो पनि सम्पत्तिको स्वामित्व हुनुपर्छ भन्ने पनि छन् ।’

खसक्षेत्री एकता समाजका महासचिव इन्द्र बरालले संविधानमा आर्यसँग राख्दा खसको स्वतन्त्र पहिचान गुमेको बताएको बताए । ‘खस भनेको जाति हो । आर्य भनेको सभ्यता संस्कृति हो । त्यसैले संविधान संशोधन गरेर अलग गरिनुपर्छ,’ उनले भने । संसद्को अघिल्लो अधिवेशनमा प्रस्ताव पेस गरे पनि प्राथमिकतामै नपारिएको उनले बताए ।


पिछडा वर्गभित्र २९ जाति देखाइएका थिए । ‘अर्को अध्ययनले पिछडा वर्गमा ३७ वटा देखाएको छ,’ ओझाले भनिन् । पहिचान तथा अधिकारका लागि राष्ट्रिय अपांग महासंघ, लैगिक तथा यौनिक अल्पसंख्यकका संस्थाहरूले पनि आयोगलाई ध्यानाकर्षणपत्र बुझाएका छन् । आयोगका उपसचिव टेकराज निरौलाले सरोकारवाला पक्षसित छलफल गर्दै आएको बताए । ‘कार्यादेश निर्माणको अन्तिम चरणमा छौं,’ उनले भने, ‘विज्ञहरूको सहयोगमा अघि बढ्छौं ।’

प्रकाशित : पुस २८, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?