१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

प्रदेश ३ को नाम वाग्मती, राजधानी हेटौंडा, दुवै प्रस्तावका पक्षमा दुई तिहाइ

काठमाडौँ — प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा भएको छ । प्रदेशसभामा आइतबार भएको मतदानमा दुई तिहाई मतले नाम वाग्मती र राजधानी हेटौंडा टुंग्याएको हो । प्रदेश नाम वाग्मती राख्न कांग्रेस सांसद इन्द्र बानियाँले राखेको प्रस्तावको पक्षमा १०८ मत परेको थियो ।

प्रदेश ३ को नाम वाग्मती, राजधानी हेटौंडा, दुवै प्रस्तावका पक्षमा दुई तिहाइ

११० सदस्यीय प्रदेशसभाका स्वतन्त्र सांसद प्रेम तामाङ मतदान प्रक्रियामा सहभागी भएनन् ।


यस्तै राजधानी हेटौंडा राख्ने प्रस्तावमा मतदान हुँदा १०५ सांसदले पक्षमा र ३ जनाले विपक्षमा मत हालेका थिए । प्रदेश राजधानी हेटौंडा तोकियोस् भनी मुख्यमन्त्री एवं नेकपा नेता डोरमणि पौडेलले प्रस्ताव गरेका थिए ।


प्रदेशसभाको पहिलो बैठकमा राजधानी तोक्नेबारेको प्रस्ताव सभामुख सानुकुमार श्रेष्ठले निर्णयार्थ प्रस्तुत गरेका थिए ।

त्यसक्रममा साझा पार्टीका सांसद रमेश पौडेलले प्रदेश राजधानी काभ्रेपलाञ्चोकको धुलिखेल तोकियोस् भन्ने प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव सांसद पौडेलले फिर्ता नलिएपछि मत विभाजन हुँदा दुई तिहाइ बहुमतले अस्वीकृत भएको थियो । १०४ जनाले मतदानमा भाग लिएकोमा प्रस्तावको पक्षमा ३ र विपक्षमा १०१ मत परेको थियो । त्यसपछि मुख्यमन्त्री पौडेलले हेटौंडा राजधानी तोक्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रकाशित : पुस २७, २०७६ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?