३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

प्रदेश ३ को राजधानी हेटौंडा बनाउने प्रस्ताव दुई तिहाइले पारित

काठमाडौँ — प्रदेश ३ को राजधानी हेटौंडा तोकिएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा स्थायी राजधानी मकवानपुरकाे हेटौंडा तोकियोस् भन्ने मुख्यमन्त्री डोरमणि पौडेलले राखेको प्रस्ताव दुईतिहाई बहुमतले स्वीकृत भएको सभामुख सानुकुमार श्रेष्ठले घोषणा गरे । प्रस्तावको पक्षमा १ सय ५ र विपक्षमा ३ मत परेको छ ।

प्रदेश ३ को राजधानी हेटौंडा बनाउने प्रस्ताव दुई तिहाइले पारित

१ सय १० सदस्य रहेको प्रदेशसभामा मतदानका लागि १ सय ८ जना मात्रै सहभागी थिए । यसअघि हेटौंडा प्रदेश ३ को अस्थायी राजधानी थियो ।

हेटौंडालाई स्थायी प्रदेश राजधानी बनाउनुपर्ने प्रस्ताव मुख्यमन्त्री एवं नेकपा नेता पौडेलले शनिबार प्रदेशसभा सचिवालयमा दर्ता गरेका थिए । उक्त प्रस्तावका समर्थकहरुमा कांग्रेस सांसद इन्द्र बानियाँ, राप्रपा, राप्रपा (संयुक्त) लगायत ६ दलका सांसद थिए ।

राजधानी ताेकिएसँगै प्रदेशसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएकाे छ । आजैकाे दाेस्रो बैठकबाट प्रदेश नाम पनि तोकिँदै छ।

नेकपा सचिवालय बैठकले प्रदेश ३ काे राजधानी हेटाैंडा र नाम वाग्मती राख्ने प्रदेशसभालाई निर्देशनात्मक सुझाव दिएकाे थियाे ।


प्रकाशित : पुस २७, २०७६ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?