प्रहरी हवल्दारले आफैलाई कन्चटमा गोली हानेर गरे आत्महत्या

भीमबहादुर सिंह

जाजरकोट — इलाका प्रहरी कार्यालय दल्ली जाजरकोटमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दर भोजबहादुर कठायतले आफैलाई गोली हानी आइतबार बिहान सात बजे आत्महत्या गरेका छन् । कठायतले आफैले बोकेको पेस्तोलले कन्चटमा गोली हानेर आत्महत्या गरेका हुन् ।

प्रहरी हवल्दार कठायतले कार्यालय पछाडिको खाली ठाउँमा गई पेस्तोलले आफ्नो कन्चटमा गोली हानी आत्महत्या गरेको जाजरकोट प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक किशोर श्रेष्ठले बताए । पेस्तोल पट्केको आवाज आउने बित्तिकै प्रहरी घटनास्थल पुग्दा कठायत मृत अवस्थामा फेला परेको उपरिक्षक श्रेष्ठले वताए । कठायतले आत्महत्या गर्नुको कारण नखुलेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित : पुस २७, २०७६ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?