१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

दिलीपलाई 'पर्यावरण सहिद' घोषणा गर्न माग

काठमाडौँ — खोला उत्खनन्‌को विरोध गरेको भन्दै टिपरले कुल्चेर हत्या गरिएका धुनषाका दिलीप महतोलाई सरकारले 'पर्यावरण सहिद' घोषणा गर्नुपर्ने वातवारण संरक्षण अभियान्ताहरुले माग गरेका छन् । शनिबार साँझ माइतीघर मण्डलामा आयोजित दीप प्रज्जवलन कार्यक्रममा उनीहरुले दिलीपलाई पर्यायवरण सहिद घोषणा गर्न माग गरेका हुन् ।

दिलीपलाई 'पर्यावरण सहिद' घोषणा गर्न माग

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्रभु बुढाथोकीले मुलुकमा विभिन्न किसिमका हत्याहरु हुने गरेपनि पर्यावरणीय मुद्दा उठाएकै भरमा हत्या गरिनु दुखद भएको बताए । उनले भने,'आगामी दिनहरुमा हामी विकासमा जाँदै गर्दा वातवरणीय मुद्दाहरु उठ्छन् । तर यसो हो भन्दैमा कसैको हत्या गर्न पाइदैन।'


युथ फर एलाइन्सका संस्थापक समेत रहेका वातवरणविद् सन्नोत अधिकारीले चुरे क्षेत्रमा बढ्दो दोहनसँगै पर्यावरण विनाशका विषयहरु उठ्ने र यस्ता किसिमका गतिविधिहरुले झन् विकारल रुप लिने बताए ।


पर्यावरण दोहनको विषयलाई लिएर हत्या गरिनु निर्मम एवं निर्दयी भएको पिपुल्स अलायान्स फर नेपाल(पान)की श्रुतिसिंह श्रेष्ठले बताइन् । वातावरण संरक्षण अभियान्ताहरुले दिलीप हत्याको विरोधमा आइतबार राष्ट्रिय मानवअधिकार आयोगमा ध्यानाकर्षण बुझाउने तयारी गरेका छन् ।


दीप प्रज्जवलमा एमआरआर, युथ एसोसिएसन अफ नेपाल, राष्ट्रिय जनमत पार्टी निकट जनमत विद्यार्थी संघ, वातवरणा क्षेत्रमा सक्रिय युवाहरुको सहभागिता थियो ।

उनीहरुले दीलीपको हत्यारालाई कडा कारबाही गर्न माग राख्दै यस्ता किसिमका घटनाहरु भविष्य हुन नदिनुपर्ने बताए । उनीहरुले वर्तमान सरकारको काम कारबाही तथा कार्यशैली सन्तोषजनक नभएको भन्दै आलोचना गरे ।


पर्यावरणको विषयलाई लिएर हत्या गरिएको नेपालमा यो पहिलो घटना भएको वातावरण संरक्षण अभियन्ताहरुले दाबी गरे ।

प्रकाशित : पुस २६, २०७६ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?