कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आयोगले प्रकाशित गर्‍यो राष्ट्रिय सभाका उम्मेदवारको अन्तिम नामावली

उम्मेदवारलाई चुनाव चिन्ह प्रदान

काठमाडौँ — निर्वाचन आयाेगले माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारकाे अन्तिम नामावली प्रकाशन गरेकाे छ । आयाेगले उम्मेदवारहरुलाई चुनाव चिन्हसमेत दिएकाे छ ।

आयोगले प्रकाशित गर्‍यो राष्ट्रिय सभाका उम्मेदवारको अन्तिम नामावली

आयोगका प्रदेश–१ को विराटनगर, प्रदेश–२ को जनकपुर, प्रदेश–३ को ललितपुर, गण्डकी प्रदेशको पोखरा, प्रदेश–५ को घोराही, कर्णाली प्रदेशको विरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको सिलगढीस्थत निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गरेका हुन् ।


निर्वाचनमा नेकपाका १६, कांग्रेसका १६, समाजवादी पार्टीका, राजपाका २, नेमकिपाका २ र राष्ट्रिय जनमोर्चाका २ गरी ४५ जनाले उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारहरूलाई सम्बन्धित पार्टीको निर्वाचन चिन्ह प्रदान गरिएको छ ।

प्रकाशित : पुस २५, २०७६ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?