कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

तनहुँमा बस दुर्घटना : मृतकको संख्या २ पुग्यो

प्रताप रानामगर

दमौली — तनहुँको घिरिङ गाउँपालिका कृष्ण मोटरमार्गमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २ पुगेको छ । सख्त घाइते भइ फिस्टेल अस्पताल पोखरा पुर्‍याइएकी ४२ वर्षीया नानीमाया गुरुङको मृत्यु भएसँगै मृतकको संख्या बढेको हो ।

तनहुँमा बस दुर्घटना : मृतकको संख्या २ पुग्यो

एक जनाको भने घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीका अनुसार घिरिङ गाउँपालिका–१ बस्ने २० वर्षीया मुना थापाको दुर्घटनास्थलमै मृत्यु भएको थियो ।


पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग१ख ६१७५ नम्बरको बस घिरिङ गाउँपालिका–३ थानीमाइमा अनियन्त्रित भई सडकबाट तल खस्दा बसमा सवार दुईको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेका अनुसार थापाको घटनास्थलमै र गुरुङको पोखरामा उपचारका क्रममा मृत्यु भएको हो ।


घाइतेमध्ये १८ लाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।


तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ ।

प्रकाशित : पुस २५, २०७६ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?