जिल्ला सेक्रेटरी पक्राउ परेपछि एनसेल टावरमा आगजनी 

कृष्ण थापा

नुवाकोट — नेत्रविक्रम चन्द समूहले जिल्लाको तारकेश्वर गाउँपालिका ५ स्थित मानेडाँडामा रहेको एनसेलको रिपिटर टावरमा आगजनी गरेको छ । गयराति साढे ११ बजे टावरमा जुटको बोरा प्रयोग गरेर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) अबिनारायण काफ्लेले बताए । 

टावरका व्याट्री, एटीएन बोर्ड, जेनेरेटर, पावर सप्लाई बोर्डलगायत सामानमा पेट्रोल र मोविल छर्केर आगजनी गरिएको पाइएको काफ्लेले बताए ।


आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । आगलागी गर्ने समूहले भित्तेलेखन समेत गरेर फर्किएको स्थानीयले बताएका छन् ।


समूहका नुवाकोट जिल्ला सेक्रेटरी विन्तोष सिलवाललाई मंगलबार प्रहरीले पक्राउ गरेपछि टावरमा आगजनी गरिएको हो ।


एलसेल टावर सदरमुकाम विदुरबाट डेढ घण्टाको दुरीमा पर्छ । नुवाकोटमा एनसेलका २३ टावर छन् ।

प्रकाशित : पुस २५, २०७६ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?