कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

निको नहुँदै घर फर्किइन् पूजा

अमृता अनमोल

बुटवल — आर्थिक अभावले तीन महिना अस्पतालमै अलपत्र परेकी किशोरी पूरा उपचारै नगराई घर फर्किएकी छन् । उनको टाउकोमा लागेको घाउ निको भइसकेकै छैन । 

निको नहुँदै घर फर्किइन् पूजा

प्रदेश–५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले मणिग्रामस्थित क्रिमसन अस्पताललाई १८ वर्षीया पूजा परियारको उपचार शुल्क मिनाहा गर्न निर्देशन दिएपछि उनले छुटकारा पाएकी हुन् । पाल्पा, रामपुरकी पूजा पतिको कुटाइले गम्भीर घाइते भएकी थिइन् ।


असोज २९ यता औषधिबाहेकको खर्च नै एक लाख ६२ हजार ४ सय रुपैयाँ पुगेको थियो । माइतीले मंगलबारसम्म ८७ हजार ९ सय ३० रुपैया बुझाइसकेका थिए । मंगलबारै मन्त्रालयको लिखित निर्देशनपछि अस्पतालले बाँकी रकम मिनाहा गरिदिएको हो । चिकित्सकले फुटेको खोपडी फेर्न सुझाए पनि पूजालाई त्यत्तिकै फर्काइएको छ । खोपडी फेर्न १ लाख रुपैयाँ लाग्ने बताइएको थियो ।

प्रकाशित : पुस २४, २०७६ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?