१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

द्वारिका होटल गएको पनि छैन, रकम मागेको आरोप झूठा : उपाध्यक्ष गिरी

सुदीप कैनी

काठमाडौँ — चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईसँग घूस मागेको आरोपको खण्डन गरेका छन् ।

द्वारिका होटल गएको पनि छैन, रकम मागेको आरोप झूठा : उपाध्यक्ष गिरी

प्रसाईंले गत मंसिर १५ गते गिरीले द्वारिका होटलमा भटेर बीएण्डसीको सम्बन्धनका लागि २० करोड मागेको दाबी गरेका थिए । प्रसाईंले पत्रकार सम्मेलन गरेर आरोप लगाएको केहि घण्टामै पत्रकार सम्मेलन गरेर गिरीले द्वारिका होटल नै नगएको दाबी गरेको हुन् ।


‘म कसैलाई भेट्न द्वारिका होटल गएको छैन,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘म विरुद्ध लगाएको आरोप मिथ्या, झूठा, भ्रामक र कपोकल्पित छ, पुष्टाई गर्न सम्बन्धित व्यक्तिलाई चुनौती दिन्छु ।’


गिरीले रकम मागेको आरोप लगाउने प्रसाईं विरुद्ध कानुनी उपचारको बाटो अबलम्बन गर्ने चेतावनी समेत दिएका छन् ।


यो पनि पढ्नुहोस्ः

सम्बन्धनका लागि घुस मागेको प्रसाईंको आरोप

प्रकाशित : पुस २३, २०७६ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?