१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

शुक्रबारसम्म वर्षा र हिमपात 

काठमाडौँ — पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबारदेखि देशभरकै मौसममा बदलाब आएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले देशभरी वर्षा र उच्च पहाडी र हिमाली भागमा हिमपात भइरहेको जानकारी दिइन् । 

शुक्रबारसम्म वर्षा र हिमपात 

मुलुकको पश्चिम भाग हुँदै मौसमी प्रणाली भित्रिएको हो । दाङदेखि पश्चिमी भागमा भने बिहीबार बेलुकीदेखि नै मौसममा सुधार आउने महाशाखाको अनुमान छ । ‘काठमाडौंसहित मध्यभागका स्थान र पूर्वी भागहरुमा भने शुक्रबारदेखि सुधार आउनेछ’ नगरकोटीले कान्तिपुरसित भनिन्, ‘शनिबारदेखि देशैभर मौसममा सुधार आउनेछ ।’

हिउँदमा पश्चिमी क्षेत्रबाट भित्रिने न्यून चापीय प्रणालीका कारण मौसममा बदलाब आउने गरेको छ । यस्तो प्रणाली हिउँदमा ५ पटकसम्म भित्रिन्छ । अहिले भित्रिएको प्रणाली दोस्रो पटक हो ।

अर्को साता पनि यस्तो प्रणाली भित्रिने र मौसममा बदलाब आउने महाशाखाको अनुमान छ । मनसुन अवधिबाहेकको मौसमी प्रणाली पश्चिम वायुकै कारण भित्रिन्छ । मनसुन अवधिमा भने पूर्वी वायु सक्रिय हुन्छ ।

उच्च हिमाली भागमा बाक्लो हिमपात भएका कारण जनजीवन प्रभावित बनेको छ । वर्षाले बाली लगाउन सहज हुने भएकाले किसान भने हर्षित छन् ।

प्रकाशित : पुस २३, २०७६ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?