१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

इन्जिनियरिङ अध्ययन संस्थानको डिन कार्यालयलाई इन्जिनियरहरुको दुई दिने अल्टिमेटम 

सुनसरी — धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानलाई दुई दिने अल्टिमेटम दिएका छन् । इलेक्ट्रिकल इन्जिनियरिङ समाजमा आवद्ध विद्यार्थीहरुले बुधबार डिन कार्यालयलाई दुई दिने अल्टिमेटम दिएका हुन् । 

इन्जिनियरिङ अध्ययन संस्थानको डिन कार्यालयलाई इन्जिनियरहरुको दुई दिने अल्टिमेटम 

विद्यार्थीको भविष्यमाथि खेलवाड नगर्न चेतावनी दिदै उनीहरुले अल्टिमेटम दिएको समयमा माग पूरा नभए घेराउ गर्ने बताएका छन् ।

नेपाल इन्जिनियरिङ काउन्सिलले धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसबाट इलेक्ट्रिकल इन्जिनियरिङ उत्तीर्ण गरेका दुई ब्याचका विद्यार्थीहरुलाई मान्यता नदिएपछि भविष्य अन्यौल भएको विद्यार्थीहरुको भनाई छ ।

त्रिविअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानको डिनको कार्यालयले अनुमति दिएपछि काउन्सिलसँग भने समन्वय नै नगरी पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा ०७१ सालदेखि स्नातक तहको इलेक्ट्रिकल फ्याकल्टी सञ्चालन हुँदै आएको छ ।


क्याम्पसबाट चारवर्षे इलेक्ट्रिकल इन्जिनियरिङ फ्याकल्टीबाट दुई ब्याच गरी ९६ जना पास आउट भइसकेका छन् । तर, काउन्सिलमा दर्ता नभएपछि विद्यार्थीको भविष्य अन्यौलमा परेको भन्दै डिन कार्यालयलाई समस्या समाधान गर्न विद्यार्थीहरुले दुईदिने अल्टिमेटम दिएका हुन् ।


इलेक्ट्रिकल इन्जिनियरिङ विद्यार्थी समाजले दिएको समयअवधि भित्र माग सम्बोधन नभए जस्तोसुकै आन्दोलन गर्न बाध्य हुने बताएको छ ।


विद्यार्थीको शैक्षिक जीवनमा खेलवाड भएको आफुहरु आन्दोलनमा उत्रिएको पास आउट भएका किरण पन्तले बताए । विद्यार्थीहरुले क्याम्पसको मुख्य प्रवेशद्वारमै तालाबन्दी गरेकाले पठन पाठन ठप्प छ ।

प्रकाशित : पुस २३, २०७६ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?