कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

प्रदेश–३ को प्रदेशसभामा राजधानीबारे छलफल 

सुवास विडारी

मकवानपुर — प्रदेश–३ राजधानीबारे प्रदेशसभामा छलफल सुरु भएको छ । प्रदेशसभा भवन हेटौंडामा सुरु बैठकमा बुधबारबाट प्रदेशको स्थायी राजधानीबारे औपचारिकरुपमा छलफल सुरु हुने भएको हो ।

प्रदेश–३ को प्रदेशसभामा राजधानीबारे छलफल 

प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेशको स्थायी राजधानी र नाम टुंग्याउन बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन छलफलका लागि प्रस्तुत निर्णय गरेको हो ।


प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिका संयोजक दीपक निरौलाले प्रतिवेदनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सहमति कार्य व्यवस्थामा भएको छ । प्रस्तावमाथि बोल्न चाहने सांसदहरुलाई ५/५ मिनेट समय दिने सहमति पनि बैठकमा भएको कांग्रेस सचेतक छिरिङदोर्जे लामाले जानकारी दिए ।


प्रदेश लोकसेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०७६ आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले पेश गर्ने र सभामुख सानुकुमार श्रेष्ठले विषयगत समिति सदस्यहरुको हेरफेर तथा थपघटलाई सभाको सहमतिको लागि पेश गर्ने कार्यसुची प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको छ ।

प्रकाशित : पुस २३, २०७६ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?