कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अध्यागमनले गर्‍यो १२२ चिनियाँलाई मात्र एक हजार रुपैयाँ जरिवाना, ४ वर्ष नेपाल आउन प्रतिबन्ध

मातृका दाहाल

काठमाडौँ — काठमाडौंबाट पक्राउ परेका १ सय २२ जना चिनियाँलाई नागरिक ४ वर्ष नेपाल आउन नपाउने गरी प्रतिवन्ध लगाइएको छ । यस्तै अध्यागमन कानुन उल्लंघन गरेबापत ८८ जनालाई जनही १ हजार रुपैयाँ र ३४ जनालाई २ हजारका दरले जरिवाना पनि गरिएको छ । चिनियाँलाई गरिएको सजायबारे विभागले औपचारिक रुपमा बाहिर ल्याएको छैन ।

अध्यागमनले गर्‍यो १२२ चिनियाँलाई मात्र एक हजार रुपैयाँ जरिवाना, ४ वर्ष नेपाल आउन प्रतिबन्ध

‘चिनियाँ नागरिकलाई पर्यटक भिसा दुरुपयोग, सन्दीग्ध गतिविधि र राहदानी विनै बसेको आरोपमा दोषी देखाउँदै ४ वर्षका लागि निस्कासन गर्ने निर्णय भएको छ,’ अध्यागमन स्रोतले भन्यो, ‘निष्काशन गर्न लागिएका ८८ जनालाई जनही १ हजार रुपैयाँ र ३४ जनालाई २ हजार रुपैयाँ जरिवाना तिराइने छ ।’

नेपालस्थित चिनियाँ राजदूतावासका अधिकारी जरिवाना बापतको १ लाख २२ हजार रुपैया लिएर आएको स्रोतले बतायो । विभागले तयार पारेको सजायसम्वन्धि प्रस्तावमा महानिर्देशक इश्वरराज पौडेलले प्रमाणीत गर्न बाँकी छ ।

अध्यागमन विभागका निर्देशक रामचन्द्र तिवारीले निष्कासन प्रक्रिया मंगलबार नै सकिने र बुधबार उनीहरुलाई चीन फिर्ता पठाउने गरी तयारी भएको बताए ।


प्रकाशित : पुस २२, २०७६ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?