१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

वीरगन्जबाट ४ भुटानी र एक तिब्बती नागरिक पक्राउ

भूषण यादव

वीरगन्ज — अवैध रुपमा नेपाल प्रवेश गरिरहेका ४ भुटानी र एक जना तिब्बती नागरिकलाई वीरगन्जबाट पक्राउ परेका छन् ।वीरगन्ज भन्सारमा खटिएको सशस्त्र प्रहरीको राजस्व तथा भन्सार गस्ती टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

वीरगन्जबाट ४ भुटानी र एक तिब्बती नागरिक पक्राउ

बिहारको बोधगयाबाट काठमाडौंतर्फ जाँदै गरेको बा५ख २३८८ नम्बरको ‘नेपाल भारत मैत्री सेवा’ बसमा चेक गर्दा राहदानी नभएका ४ भुटानी र एक जना तिब्बती नागरिकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक(डीएसपी) अमर खत्रीले जानकारी दिए ।


डीएसपी खत्रीका अनुसार पक्राउ पर्ने भुटानी नागरिकहरु १९ वर्षीया चुन्डु लाम्हो, ४३ वर्षीय चोडेन तमाङ, ६५ वर्षीय डोल्मा तमाङ, ७० वर्षीय ज्ञानबहादुर तमाङ रहेका छन् । त्यस्तै पक्राउ परेका तिब्बती नागरिकमा ४० वर्षीय कुनचोक ट्सोमो तिब्तियन नागरिक रहेका छन् । ‘उनीहरुसँग सामान्य आईडी कार्ड मात्र थियो,’ डीएसपी खत्रीले भने, ‘राति नै अध्यागमनका कर्मचारी बोलाएर थप अनुसन्धानका लागि जिम्मा लगाएका छौँ ।’


सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि भुटानी र तिब्तियनले आफूलाई भारततर्फ फर्काइदिन माग गरेका थिए । अध्यागमन कार्यालय वीरगन्जका शाखा अधिकृत सन्जु सुनारका अनुसार भारतबाहेक अन्य देशका नागरिकलाई नेपाल प्रवेश गर्न भिसा आवश्यक पर्छ । ‘पक्राउ परेका भुटानी र तिब्बती नागरिकसँग राहदानी छ भने भिसा लगाउँछौ,’ उनले भनिन्, ‘राहदानी छैन् भने त्यो गैरकानुनी ठहर्छ ।’

प्रकाशित : पुस २२, २०७६ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?