३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

३२ वटै नियोगमा भ्रमण वर्ष कार्यक्रम

काठमाडौँ — नेपालमा गत बुधबार शुभारम्भ गरिएको भ्रमण वर्षको विश्वभर प्रचारप्रसार गर्न विदेशस्थित ३२ वटा कूटनीतिक नियोगमा मंगलबार एकसाथ कार्यक्रमको थालनी हुँदैछ ।

३२ वटै नियोगमा भ्रमण वर्ष कार्यक्रम

नेपाल भ्रमण वर्ष सचिवालयका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत नियोगहरूलाई भम्रण वर्षको प्रचार कार्यक्रम सुरु गर्न भनेको हो ।


त्यसै कार्यतालिकाअनुसार विभिन्न मुलुकमा रहेका दूतावाससहित नियोग र वाणिज्य दूतावासले गैरआवासीय नेपाली संघसँग संयुक्त रूपमा मंगलबार एकसाथ भम्रण वर्षको आरम्भ गर्दै छन् ।

दूतावास तथा नियोगलाई केशरमहलस्थित भ्रमण वर्ष सचिवालयले १ करोड १३ लाख र परराष्ट्र मन्त्रालयले ३ करोड १६ लाख रुपैयाँ पठाइसकेका छन् । ‘२२ वटा मुलुकमा रहेका दूतावास तथा केही वाणिज्य दूतावासलाई सचिवालयबाट कम्तीमा ३ देखि १० लाखसम्मका दरले १ करोड १३ लाख रुपैयाँ पठाइएको छ,’ सचिवालयका कार्यक्रम हेर्न खटाइएका नेपाल पर्यटन बोर्डका प्रबन्धक रोहिनी खनालले भने ।


यसैबीच पर्यटनमन्त्री योगेश भट्टराई भ्रमण वर्षको उद्‍घाटन कार्यक्रमका लागि शनिबार अस्ट्रेलियातर्फ लागेका छन् । सिड्नीमा हुने कार्यक्रम सकेर उनी शुक्रबार मात्रै नेपाल फर्कने छन् ।

प्रकाशित : पुस २१, २०७६ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?