कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेपाली भूमि आएर भारतीय प्रहरीले जबर्जस्ती पक्रेर लग्यो खाँलाई

कपिलवस्तु — यशोधरा गाउँपालिका–८ मटेरियाका मुवारक खाँलाई भारतीय सुरक्षाकर्मीले शनिबार दिउँसो मर्यादपुर बजारबाट नियन्त्रण गरेर लगेको छ ।

आफन्तको मोटरसाइकल वर्कसपमा बसिरहेका बेला भारतीय सुरक्षाकर्मीले जबर्जस्ती यूपी५५एक्स ०१०१ नम्बरको सेतो स्कार्पियोमा राखेर उनलाई लगेको प्रत्यक्षदर्शीले बताए ।

‘भारतीय प्रहरीसँग सोध्दा एसओजी इन्टेलिजेन्सले लगेको बताएका छन्,’ जिल्लाका निमित्त प्रहरी प्रमुख नायब उपरीक्षक सुनील मल्लले भने, ‘यसबारे थप बुझ्दै छौं ।’

भारतीय सुरक्षाकर्मीले सीमाको मर्यादपुर प्रहरी चौकी र बीओपी डंगरीको सशस्त्र प्रहरीलाई छल्दै खाँलाई सीमा कटाएका थिए ।

प्रकाशित : पुस २०, २०७६ २१:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?