पार्टीलाई विकृतिमुक्त बनाउन आवश्यक : नेता पौडेल

काठमाडौँ — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई विकृतिमुक्त बनाउन आवश्यक रहेको बताएका छन् । चितवनको रत्ननगरमा भएको एक कार्यक्रममा वरिष्ठ नेता पौडेलले पार्टीलाई विकृतिमुक्त र देशलाई भ्रष्टाचारमुक्त बनाउनुपर्ने बताएका हुन् । 

पार्टीलाई विकृतिमुक्त बनाउन आवश्यक : नेता पौडेल

पौडेलले ‘बिरालो कुटेको सबैले देख्ने तर दूध चोरेको कसैले नदेख्ने’ भन्दै बाहिर नेताहरु लडेको जस्तो देखिने र भित्रको वास्तविकता कसैले नदेख्ने गरेको बताए । उनले पार्टी सभापति शेरबहादुर देउवाको समेत चर्को आलोचना गरेका छन् ।


पार्टीभित्रको आन्तरिक किचलो अन्त्य गर्दै एकढिक्का भएर आगामी निर्वाचनका लागि तयार हुन भन्दै ९ बुादे लिखित प्रस्ताव गर्दा पनि सभापति देउवाले आफ्ना सुझावहरु सम्बोधन नै नगरेको उनले बताए । नेता पौडेलले भने,‘आउँदो चुनावको सामना गर्न सक्ने कांग्रेस बनाएर जानुपर्छ । सबै कुराहरु छलफलमा लगेर टुंगो लगाएर एक भइ अगाडी बढेर जनतामा जाउा भनेर ९ बुँदे प्रस्ताव बुझाए । तर जवाफ प्रतिक्षा धेरै भयो आएन् ।’


वरिष्ठ नेता पौडेल समूहले पार्टीको पदाधिकारी बैठक समेत पटक पटक बहिस्कार गर्दै आएको छ । आफ्नो मागहरु सम्बोधन पुरा नहुँदासम्म बैठकमा सहभागि नहुने अडान पौडेल पक्षले लिएको छ । संस्थापन पक्षले भने बहुमतका आधारमा निर्णय गर्दै महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । शनिबार राष्ट्रियसभा निर्वाचनका लागि पनि उम्मेदवारको टुंगो लगाएको छ ।

प्रकाशित : पुस १९, २०७६ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?